टेस्लालाई टक्कर दिँदै कियाको नयाँ ईभी बजारमा, मूल्य कति ?

काठमाडौं । किया मोटर्सले चीनिया बजारमा नयाँ कार ‘लञ्च’ गरेको छ । कोरियाली कार उत्पादक कम्पनीले विद्युतीय गाडीको सबैभन्दा ठूलो उत्पादक बनिरहेको अमेरिकी कम्पनी टेस्लासँग भिड्न यति सस्तो मूल्यमा कार बेच्ने तयारी थालेको हो ।

टेस्लाले चीनमा उद्योग स्थापना गरेर कार उत्पादन थालेपछि कियाले पनि आफ्नो छिमेकी बजारमा कडा टक्कर दिनेगरी नयाँ कारको विक्री गर्न लागेको हो । गत शुक्रबार कियाले चिनिया बजारमा ‘ईभी–५’ कार २० हजार ७ सय अमेरिकी डलरमै बेच्ने गरी सार्वजनिक गरेको छ । यो भनेको नेपाली रुपैयाँ २७ लाख ६४ हजार बराबर हो ।

यो कारले टेस्लाको ‘मोडल वाई’सँग सीधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । जबकी, टेस्लाको मोडेल वाईको सुरुवाति मूल्य नै ३७ हजार डलर छ । त्यो पनि पटक पटक मूल्य घटाउँदै तय भएको भाउ हो । यसले टेस्लालाई अझै फराकिलोे अन्तरले मूल्य घटाउन दबाब पर्ने संभावना पनि देखाएको छ ।

टेस्लाको गाडीभन्दा कियाको नयाँ गाडी थोरै छोटो भए पनि टेस्लाभन्दा अग्लो र फराकिलो छ । विश्व बजारमा लोकप्रिय भए पनि नेपाली बजारमा कमजोर परफरमेन्स गरिरहेको चिनियाँ ब्राण्ड बीवाईडीभन्दा पनि कियाले सस्तो भाउमा गाडी ल्याएको छ ।

यसले चिनियाँ बजारमा कियाको गाडीप्रति आकर्षण बढ्नसक्ने अनुमान गरिएको छ । २० हजार डलरमा बेच्न लागेको कियाको गाडीमा ६४.२ किलोवाटको ब्याट्री राखिएको छ । १६० किलोवाट मोटर जडान गरिएको यो गाडीले एक पटक फुल चार्ज गर्दा ५३० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्