+
Search

ताजा अपडेट +

पपुलर +

कस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर ?

सजिलोपाना संवाददाता
२०८० मंसिर ४, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८ रूपैयाँ ९२ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीदर २८ रूपैयाँ ५३ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २० पैसा र बिक्रीदर ४३३ रूपैयाँ १५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता