नेपाल एसबीआई बैंकले वितरण गर्यो १०.५५ प्रतिशत लाभांश

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी (कर सहित) कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मङ्सिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।

बैंकले अघिल्लो वर्ष ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्