काठमाडौं । धितोपत्र बजारमा आठ वटा कम्पनीको म्युचुअल फण्ड पाइपलाईनमा रहेका छन् । जसमा ग्लोबल आईएमई समुन्नत योजना–२, सानिमा फ्लेक्सी फण्ड, मुक्तिनाथ म्युचुअल फण्ड १, प्रभु सिस्ट्मेटिक इन्भेष्टमेन्ट स्किम, एनआई ३१, मेगा म्युचुअल फण्ड–२, कुमारी सबल योजना र एनएबि हाइब्रिड फण्ड एल–२ रहेका छन् । यि आठ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा आवेदन दिई अनुमतिको लागि कुरीरहेका छन् ।
ग्लोबल आईएमई समुन्नत योजना–२
ग्लोबल आईएमई समुन्नत योजना–२ नामक म्युचुअल फण्डले १२ करोड कित्ता निश्कासनको लागि सेवोनमा आवेदन दिएको छ । यो म्युचुअल फण्डको व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल रहेको छ । २०७९ चैत्र १९ गते सेवोनमा निवेदन दिएको छ ।
सानिमा फ्लेक्सी फण्ड
यस फण्डले सेवोनमा २०८० साल असर १७ गते निवेदन दिएको थियो । यो फण्डले निश्कासन गर्ने सेयर संख्या १० करोड कित्ता रहेको छ । यसको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
मुक्तिनाथ म्युचुअल फण्ड १
मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापक रहेको यो फण्डले सेवोनमा २०८० असोज २६ गते निवदेन दिएको छ । यसको निश्कासन सेयर कित्ता संख्या १० करोड कित्ता रहेको छ ।
प्रभु सिस्ट्मेटिक इन्भेष्टमेन्ट स्किम
प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापक रहेको यो फण्ड निश्कासन गर्न सेवोनमा २०७९ कात्तिक ३० गते सेवोनमा निवदेन दिएको छ । यसको ४ करोड कित्ता सेयर संख्या रहेको छ ।
एनआई ३१
एनआई ३१ नामक फण्डले १ करोड ५० लाख कित्ता सेयर निश्कासनको लागि २०७९ साल चैत्र १६ गते सेवोनमा निवदेन दिएको छ । यस फण्डको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।
मेगा म्युचुअल फण्ड–२
यस फण्डले १० करोड कित्ता संख्या निश्कासन गर्नको लागि २०७८ फागुन ११ गते सेवोनमा निवेदन दिएको छ । यस फण्डको व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यो क्यापिटल मर्ज भैसकेको छ ।
कुमारी सबल योजना
कुमारी सबल योजना निश्कासन गर्ने २०७९ भदौ २९ गते सेवोनमा निवदेन दिएको छ । कुमारी क्यापिटल लिमिटेड व्यवस्थापक रहेको यस योजनाले १० करोड कित्ता सेयर निश्कासन गर्नेछ ।
एनएमबि हाइब्रिड फण्ड एल–२
यस फण्डले १२ करोड कित्ता सेयर निश्कासनको लागि २०७९ जेठ १३ गते सेवोनमा निवेदन दिएको छ । यस फण्डको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया