Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोम फाइबरनेटको वार्षिक प्याकेजमा ६ हजारसम्म छुट

सजिलोपाना संबाददाता
२०८० मंसिर ११, सोमबार

काठमाडौँ । डिशहोम फाइबरनेट कम्पनीले नयाँ ग्राहक लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेजमा ६ हजार ६ सय ८५  रुपैयाँ (भ्याटबाहेक) सम्म छुट हुने उल्लेख छ।

कम्पनीका अनुसार ग्राहकले वार्षिक प्याकेज जडान गर्दा । फाईभ–जी (डुअल ब्यान्ड) राउटर समेत निःशुल्क पाउनेछन् यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य नै ७ हजार ७ सय ९९ रुपैयाँ थियो।

१२ महिने योजना अफरमा नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेज जडान गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यस अन्तर्गत ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता