आफ्नै निजी निवासमा फर्किए सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै घर बुढानीलकण्ठमा फर्किएका छन् । घरको मर्मत सकिएपछि धुमबाराहीस्थित भाडाको घरबाट आज निजी निवास फर्किएका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवा २०७८ पुस १३ मा धुम्बाराही सरेका थिए । त्यसअघि ०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउनदेखि बालुवाटार सरेका छ । अहिले आफ्नो घर मर्मतको काम सकिएपछि साढे दुई बर्षपछि आफ्नै घरमा फर्किएका हुन् ।

बुढानीलकण्ठको घर ६ महिनामा सकिने भनिएपछि १३ महिना लागेको पारिवारिक स्रोतले बतायो ।

देउवा दम्पतीले निजि निवासमै बुहारी भित्र्याउने तयारी गरेका छन् । देउवापुत्र जयवीरको माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह हुँदैछ । उनीहरुको गत जेठ १ गते ईंगेजमेन्ट भएको थियो । देउवा पत्नी आरजू रणा पनि प्रतिनिधि सभा सदस्य हुन् । देशका एक शक्तिशाली नेताका एक मात्र सन्तान भए पनि जयवीर लो प्रोफाइलमा छन् । उनी आफ्नै व्यवसाय गरिरहेका छन् ।

शिवाना एक गायिका हुन् जो अंग्रेजी गीतहरूको कभर गाएर युट्युबमा राख्ने गर्छिन् । उनले एउटा नेपाली गीत आफ्नै स्वरमा रेकर्ड पनि गराएकी छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्