बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । सिडि रेसियो ८० प्रतिशत भन्दा तल झर्न लागेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १४ दिनका लागि २० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत माघ ३ देखि माघ १७ गतेसम्मका लागि ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ३० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले माघ १७ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

माघ महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो पहिलो पटक हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्