अमेरिकी डलरको भाउ बढ्याे, यस्तो छ आजको विदेसी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ ।

त्यस्तै, एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो एक अमेरिकी  डलरको खरिद मूल्य १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको थियो भने बिक्रीदर १ सय ३३ रुपैयाँ २२ पैसा रहेको थियो ।

यस्तै, आज एक युरोपियन डलरको खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ रहेको छ । त्यस्तै, एक पाउन्ड स्टर्लिङको खरिद मूल्य १ सय ६८ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १ सय ६९ रुपैयाँ १४ पैसा रहेको छ ।  राष्ट्र बैंकले अष्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ दुई पैसा र विनीमय दर ८७ रुपैयाँ ४१ पैसा तोकेको छ।

आज कतारको एक रियालको खरिद मूल्य ३६ रुपैयाँ ४० पैसा, बिक्री मूल्य ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने एक साउदी अरेबियन रियालको ३५ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५५ पैसा रहेको छ । कुबेती एक दिनारको खरिददर ४ सय ३१ रुपैयाँ ७ पैसा रहेको छ भने विनीमय दर ४ सय ३३ रुपैयाँ दुई पैसा रहेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्