एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा श्री सुवर्ण पौडेल नियुक्त

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा संस्थापक समुहबाट, संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहनुभएका सञ्चालक तथा अध्यक्ष श्री सन्तोष कुमार राठीज्यूले २०८०/१०/०२ गतेबाट लागु हुने गरी आफु बहाल रहेको पदबाट राजिनामा दिनुभएकोमा मिति २०८०/१०/०२ गते, मंगलबार साँझ ५ः०० बजे बसेकोे यस संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको छ । साथै, उक्त सञ्चालक समितिको बैठकले यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत रहनुभएका श्री सुवर्ण पौडेलज्यूलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

प्रचलित कानून तथा नियमानुसार अध्यक्ष श्री सुवर्ण पौडेलज्यूले मिति २०८०/१०/०४ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेलज्यू समक्ष सपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गर्नु भएको छ ।

श्री सुवर्ण पौडेलज्यूले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल SME Financing मा विधावारीधी गरी रहनुभएको छ । उहाँ सँग इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका साथै व्यवसाय परामर्श दाता, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक भन्दा बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उहाँको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्