काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज बिहिबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.२४अंकले घटेर २१५५ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजारको कारोबार भएको छ ।
बजारमा गिरावट आउँदा ३ वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।उक्त दिन तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.४३ प्रतिशतले घटेको हो । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ३० करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको २३ करोड ४९ लाख ४३ हजार रुपैयाँ, रिडी पावर कम्पनीको १६ करोड ९८ लाख ४२ हजार रुपैयाँ र नेपाल वेयर हाउजिङ कम्पनीको १५ करोड २८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया