नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको काठमाडौँमा दुईवटा नयाँ शाखा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले बिहीबारदेखि काठमाडौँमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैङ्कले काठमाडौँ महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौँ महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएको हो ।

यी दुई शाखाहरू गरि बैङ्कको शाखा सङ्ख्या २६४ पुगेको छ । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवाहरू सुरु भएको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे ज्यूले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा सुविधाहरू दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाडै नै अरू थप शाखाहरू खोल्ने समेत उनले जानकारी गराए ।

हाल बैङ्कको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैङ्किङ र २५५ वटा एटीएम रहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्