अनर ब्रान्डका दुई मोडेलको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा अनर ब्रान्डका दुई मोडेलको मूल्य घटेको छ । कम्पनीले विन्टर अफर अन्तर्गत अनर एक्स फाइभ प्लस र अनर एक्स सिक्स ए स्मार्टफोन खरिदमा सीमित अवधिका लागि छुट दिएको हो । अनर एक्स फाइभ प्लस  ((४/६४ जीबी) को मूल्य १५ हजार ४९० रहेकोमा विन्टर अफर स्वरुप १३ हजार ९९० रूपैयाँमा किन्न सकिने छ ।

त्यस्तै १७ हजार ४९० बजार मूल्य रहेको अनर एक्स सिक्स ए (४/१२८ जीबी) अब १५ हजार ९९० रूपैयाँमा किन्न सकिने छ । यी बजेट स्मार्टफोनहरू अफलाइन रिटेल स्टोरहरूका साथै दराज, हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि किन्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्