गभर्नरको नक्कली व्हाट्सएप ​चलाई दुरुपयोग गर्ने व्यक्तिको पहिचान खुल्यो

​​​​​काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ ।​​ ९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले जानकारी दिए ।

‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, उनले भने, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ ।’​​ खड्गीका अनुसार उक्त नम्बर अर्कै व्यक्तिले चलाइरहेको देखिएको छ । गभर्नर अधिकारीले बिहीबार मात्रै ब्यूरोमा त्यसविरुद्ध जाहेरी दिएका थिए । राष्ट्र बैंकले गत आइतवार एक सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेर व्हाट्सएप सञ्चालन गरिएको जानकारी दिएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्