काठमाडौं । नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन् । शुक्रवार बिहान करीब सवा १० बजे बाजुराका ३१ वर्षीय देवबहादुर थापा र पूर्वी नवलपरासीका ५७ वर्षीय वीरबहादुर थापा मगरलाई हेटौंडाको रातोमाटे चेकपोस्टनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
'पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नै रहेछ, महाधिवेशनको तयारीका क्रममा पूर्व जाँदै गरेको उनीहरूले बताएका छन्,' भण्डारीले भने, 'उनीहरूको साथमा एउटा पेस्तोल र विष्फोटनमा प्रयोग हुन सक्ने केही धुलो पदार्थ बरामद भएको छ ।'
उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको भण्डारीले बताए । यता उक्त पार्टीले भने एक विज्ञप्ति निकालेर फर्जी हतियार भिराइएको दाबी गरेको छ । महासचिव 'महावीर'को हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा दुवै कार्यकर्तालाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको उल्लेख छ ।
विज्ञप्ति :
प्रतिक्रिया