+
Search

ताजा अपडेट +

पपुलर +

समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबिच साझेदारी

सजिलोपाना संबाददाता
२०८० माघ ८, सोमबार

काठमाडौँ । नेपाल राष्ट्र वैङ्कबाट “ग“ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स र वित्तिय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरी यस क्षेत्रमा सेवा पु¥याई रहेको फाइनान्स फ्रेन्ड प्रा.लि. बीच वित्तिय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाई विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी यहि मिति २०८० साल माघ ०८ गते भएको छ ।

 उक्त साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक विनोद राज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गर्नु भयो । यस सहकार्य पछि फाइनान्स फ्रेन्ड प्रा.लि. ले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित वित्तिय तालिमका कार्यक्रमहरु उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्नेछ ।

राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता