Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एलन मस्कको अर्को चमत्कार, सोचेकै भरमा चल्छ कम्प्युटरको माउस (भिडियो)

सजिलोपाना संबाददाता
२०८० फाल्गुन ९, बुधबार
काठमाडौँ । अहिलेको प्रविधिको दायरा हाम्रो कल्पना भन्दा पनि फराकीलो छ । न्युरालिङ्कका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामी पूर्णतः निको भएको र उनले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । एलन मस्कले मानव इतिहासकै सबैभन्दा ठूलो चमत्कार गरेर देखाएका छन् । हालै मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो र त्यसको जानकारी स्वयं मस्कले नै दिएका थिए । https://youtu.be/Ecoelb-O3PM मस्तिष्कमा चिप जडान भएका उनै व्यक्तिले नछोइकनै माउसलाई चलाइदिएका छन् । अर्थात् ती व्यक्तिले केवल सोँचेकै भरमा कम्प्युटर माउसलाई नियन्त्रण गरेका छन् । तत् पश्चात् माउसको कर्सर स्क्रिनको एक छेउँबाट अर्को छेउँमा सरेको थियो । रोयटर्सका अनुसार सोसल मिडिया प्लाटफर्ममा भएको कार्यक्रमका क्रममा मस्कले मस्कले उक्त जानकारी सार्वजनिक गरेका हुन् । मस्कका अनुसार कार्यक्रम सफल भएको छ र प्रत्यारोपित व्यक्ति पूर्णरुपमा निको भएका छन् । मस्तिष्कमा चिप प्रत्यारोपणबाट ती व्यक्तिलाई कुनैपनि हानी नपुगेको उनले बताए ।  

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता