+
Search

ताजा अपडेट +

पपुलर +

हजार र ५ सयको नोट चलेन भने के गर्नुहुन्छ ?

सजिलोपाना संबाददाता
२०८० फाल्गुन ९, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको मत छ । त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा उनले राखे ।

‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ,’ केसीले महासमिति बैठकमा लिखित मन्तव्य राख्दै भने ,‘देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’

नेता केसीले संविधान संशोधनका लागि परामर्शको थालनी कांग्रेसले लिनुपर्ने सुझाव दिएका छन् । निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन वाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता