Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो संस्करणको BIG CG DAY, आठ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यासब्याकको वर्षा

सजिलोपाना संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल BIG CG DAY आज बाट सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा आज February २४  मध्यरातदेखि सुरु भएको हो। यस वर्षको BIG CG DAY विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने सिजी डिजिटलले आश्वासन दिएको छ।

BIG CG DAY को मुख्य हाइलाइटहरु ८००+ सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक छुटको सन्दर्भमा,BIG CG DAY मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्नेछन्।

नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन्। यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन्। तसर्थ, ग्राहकहरूलाई BIG CG DAY सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरिन्छ।

BIG CG DAY को  पहिलो दिन २४ feburary को दिन दिउसो ४ बजे आफ्नो सोसल मिडिया मार्फत लाइभसो गर्ने कम्पनिले जनाएको छ, सलोन बस्नेत लगायत विभिन्न चर्चित कलाकारहरु संगको कुराकानी रहने कम्पनि ले जनाएको छ, साथै बिभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ। लाइभ हेर्नको लागि सिजी डिजिटलको फेसबुकपेजमा जानु होला।

बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Black + Decker, Crompton, Elica, Sensei), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता