Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सजिलोपाना संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । बैंकले यो शेयरको भाउ भने तोकेको छैन ।

यसमा शेयर खरीद गर्न इच्छुक संस्थापकले आज (फागुन ११ गते)बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।

उक्त समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता