Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कर्णालीबाट बाहिरियो कांग्रेस सरकार, ३ मन्त्रीले दिए राजीनामा

सजिलोपाना संवाददाता
२०८० फाल्गुन २२, मंगलवार

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता