काठमाडौं । एनआइसी एसिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका छन्।
बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनलेका प्रतिधिनिहरूले विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा मार्च ५ देखि मार्च १६ सम्म राष्ट्रिय टी २० च्याम्पियनसिप आयोजनाको घोषणा गरेका हुन्।
ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले भने ‘नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पुर्याएको महत्वलाई बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने विश्वास लिएका छौं। नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको छ।’
यो छुटाउनु भयो कि ? > रास्वपाको अडान उपप्रधान, गृह, भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय पाउनुपर्ने‘बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको छ। जुन कुरा खेल जीवनमा समेत चरितार्थ हुँदै आएको छ। बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ,' उनले थप भने, 'सम्भवतः बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारालाई स्थापित गर्न समेत खेल क्षेत्रसँगको हातेमालोले निकै नै ठोस योगदान दिनेछ भन्ने बैंकले विश्वास लिएको छ।’
त्यस्तै, मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष एमडी साद कुरेशीले एसोसिएसनको तर्फबाट क्रिकेट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको पहिलो प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गरिरहेको बताए।
बैंकको सहकार्यमा प्लेयर अफ दी म्याच को रकम क्युआर कोडबाट भुक्तानी गर्ने पनि उनले बताए। 'यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरूदण्ड रहेको हामीले बुझेका छौं,' उनले भने, 'यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ।’
यो पानि > गणेश कार्कीले आफ्नै पार्टीलाई असहमति पत्र लेखे, एमालेसँग अंगालो हाल्दै किन बालुवाटार गयौँ ?
प्रतिक्रिया