Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि

सजिलोपाना संवाददाता
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।

 मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यो पानि >   गणेश कार्कीले आफ्नै पार्टीलाई असहमति पत्र लेखे, एमालेसँग अंगालो हाल्दै किन बालुवाटार गयौँ ?  

 यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

 नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

 त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।

यो छुटाउनु भयो कि ? > रास्वपाको अडान उपप्रधान, गृह, भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय पाउनुपर्ने

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता