+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति विकास बैंकको संस्थापक समूहको सेयर बिक्रीमा

सजिलोपाना संवाददाता
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता