राजेश पाण्डे : राजनीतिमा चर्का भाषण, मिडियाको उपयोग र सत्ताको दुरुपयोग गरी जनताको मत कुम्ल्याउँने प्रवृती चलिरहेको छ । देश र जनताको पक्षमा काम गर्ने कुरामा दलहरु चुकिरहेका छन् । आलैपालो सत्ता कब्जा गरेर राजनीतिलाई कमाई खाने भाँडोको रुपमा चिनाईरहेका छन् भन्दा फरक नपर्ला ।
यस्तो अवस्थाले आम नागरिकमा हरेक राजनीतिक दलहरु र नेतृत्वमा पुगेका व्यक्तिहरु प्रतिको आशा दिन–प्रतिदिन खुम्चिदै गएको देखिन्छ । नेपाली नागरिकले आशाका साथ देश र जनताको भविष्य निर्माण गर्ने अवसर दिईरहेका छन् । तर नेतृत्वमा पुगेकालाई बादरको हातमा नरिवल जस्तै साबित भएको छ ।
राजनीतिमा उदाउँदो किरणका रुपमा चिनिएका ‘रवि लामिछाने’ अहिले नागरिकको आँखामा सहकारी ‘ठगि लामिछाने’ को रुपमा परिचित हुन थालेका छन् ।
नेपाल सरकारले अझै सम्म सहकारी पडितको समस्या समाधान गर्न सकेको छैन । सहकारीको प्रभावकारी रुपमा अनुगमन र नियमन हुन नसक्दा विकृति र विसंगतिले विशाल रुप लिइरहेको छ । भूइमान्छेको अरवौँ बचत जोखिमा परेको छ ।
अनुगमन र नियमन गर्न नसकिने देखपछि खराब नियत भएका सहकारी सञ्चालकहरुले बचतकर्ता ठग्ने गरेको देखिन्छ । स्थापनाकाल देखि नै निकै चर्चा कमाएको ग्यालेक्सी टेलिभिजन बाट बाहिरिदा रवि लामिछानेको खातामा १ करोड रकम जम्मा भएको आरोप लागेपछि निरन्तर विवादमा तानिएका छन् ।
ग्यालेक्सी टिभी गोर्खा मिडिया नेटवर्क प्रा।लिका तत्कालिन प्रबन्धक निर्देशकको हैसियतमा रहँदा सहकारीको रकम अपचलन गरेको आरोप पेचिलो बनेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि नेपाली कांग्रले संसदीय समितिको माग सहित निरन्तर सदन अवरुद्ध गर्ने गरेको छ ।
कांग्रेसको भविष्य कोरिरहेका थापाले नागरिकको आँखामा ‘बाख्रा’को नामले चिनाएका छन् भन्दा फरक नपर्ला !
कांग्रेसको भविष्य बोकेका माननीय गगन कुमार थापा र नयाँ उर्जाका साथ राजनीतिमा हुमिएका वर्तमन उपप्रधान तथा गृहमन्त्री लामिछाने राजनीति छाड्ने दाउमा उभिएका छन् । के साच्चिकै आफ्नो बोली साबित गर्लानत् भन्ने प्रश्न अहिले आम जनमानसमा उब्जिरहेको छ । काम गर्ने तरिका, बोल्ले शैली र गर्ने व्यवहारले युवा नेता गगन थापा र रवि लामिछाने प्रतिको आशा खुम्चिदै आएको छ । ‘हात्ती आयो हात्ती आयो फुस्स’ भन्ने आहान जस्तै साबित भएको छ ।
नागरिकका आँखामा रवि लामिछानेको विगत र वर्तमानः
राजनीतिमा उदाउँदो किरणका रुपमा चिनिएका ‘रवि लामिछाने’ अहिले नागरिकको आँखामा सहकारी ‘ठगि लामिछाने’ को रुपमा परिचित हुन थालेका छन् । टेलिभिजन बाट छवि कमाएका रवि पछिल्लो समय यता एक पछि अर्को गर्दै नैतिक प्रश्ले घेरिदै आएका छन् ।
अब, जान्नेलाई छान्ने भन्दै प्रत्रकारीता पेसा छाडेर बलिया भनिएका स्थापित दलहरुको रजगज र दबदबालाई तोड्दै उदाएका थिए । नयाँ पार्टी खोलेको ६ महिना नपुग्र्दै प्रतिनिधिसभाको निर्वाचन प्रश्चात राष्ट्रिय पार्टी बनाउँन सफल भए । काम गर्ने भन्दै पहिलो पटक सरकारमा सहभागी भएका लामिछाने सत्ताको स्वाद चाख्न नपाउँदै नागरिकता विवादका कारण गृहमन्त्री पद देखि रास्वपाको पार्टी सभापति पद समेत गुमाउन पुगे ।
पूनः उपनिर्वाचनमा लोकप्रिय मत पाएर विजयी भएका लामिछाने फेरी सहकारी रकम अपचलन सम्बन्धी विवादमा तानिएका छन् । आफू माथि उठेका प्रश्नको जवाफ नदिएर, प्रश्न बाट भाग्ने र अर्कैतिर मोड्ने व्यवहारले लामिछाने दोषी नै छैनन् भन्न किदैन ।
उपप्रधान तथा गृहमन्त्रालय सम्हालिरहेका लामिछाने राजनीतिमा हुमिनु अघि ग्यालेक्सी टेलिभिजनका प्रबन्धक निर्देशक थिए । सुर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न भएको भनि सत्ता पक्ष र प्रतिपक्ष बाट राजिनामाको प्रश्नैप्रश्न उठिरहेको ।
कांग्रेसको अडानः विकल्प की स्वार्थ ?
नेपाली कांग्रेस सरकार बाहिर गए संगै देशमा नयाँ समिकरणको सरकार गठन भयो । सहकारीको रकम अपचलन गरेको भन्दै संसदीय छानबिन समिति नबनाए सम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । गत हप्ता सञ्चालन गरिएको संसद बैठक कांग्रेसले नाराबाजि सहित अवरुद्ध गरेको थियो ।
छानबिन समिति बनाएर बचतकर्ताको रकम फिर्ता गनुपर्छ । तर सरकार बाहिर हुँदा मात्र कराउने प्रवृत्तिले आम जनमानसलाई अलमालमा पारेको छ । संसद् भवन बाहिर सञ्चार कर्मीले नेपाली कांगे्रसका महामन्त्री गगन थापालाई प्रश्न गरेका थिए । माननीय ज्यू ! गृहमन्त्रीले भन्नुभएको छ, दोषी प्रमाणित भए म राजनीति बाट सन्यास लिन्छु, यदि प्रमाणित गर्न नसके राजनीति बाट सन्यास लिन गगन थापा तयार हुनुहुन्छ ? भनेर भन्नु भएको छ भन्दा थापाको जवाफ थियो, हो म तयार छु । राजनीति बाट रवि र गगनले साच्चै सन्यास लेलान् ?
गगन कुमार थापा पनि कुनै नौला र चोखा पात्र भने पक्कै होइनन् । कांग्रेसको भविष्य कोरिरहेका थापाले नागरिकको आँखामा ‘बाख्रा’को नामले चिनाएका छन् भन्दा फरक नपर्ला ! आफ्नै पार्टी भित्र विद्रोह गरेर असफल भए यता भोकाएको स्याल झै रन्थनिएका छन् । आफ्नो स्वार्थको रासमा राष्ट्रवादको खास्टो ओढाइरहेका छान् ।
समाधानको बाटोः
१. साच्चिकै सहकारी समस्या अन्त्य गर्ने हो, भने विकल्पको खोज र एक आपसमा सहकार्यको आवश्यक छ । २. सहकारीको रकम अपचलन गर्ने जो–सुकैलाई कारबाहिको दायरामा ल्याउनु पर्छ । ३. सहकारी संस्थाको नियमन र अनुगमनका लागि प्रभावकारी नीति र संरचना बनाउन आवश्यक छ । ४. सहकारी संस्था प्रतिको विश्वास अभिवृद्धि गर्न सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम सञ्चालन गनु पर्ने । ५. सहकारी समस्यालाई राजनीति मुद्दा नबनाएर जनताको मुद्दा बनाउनु पर्ने । ६. सहकारी समस्या समाधान गर्न दिर्धकालिन सोच र कार्ययोजना सहितको नेतृत्व पङक्तिमा अग्रसरताको खाँचो छ ।
अन्तमाः
नेपालको संविधानको अनुसूची ९ मा व्यवस्था भए बमोजिम ‘सहकारी’ संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा उल्लेख गरिएको छ । सहकारी समस्यालाई दिर्धकालिन रुपमा समाधान गर्न, नीतिगत व्यवस्था, निरिक्षण, नियमन तथा अनुगमनमा थप प्रभावकारी बनाउन सबै दलहरु, सरकार र अन्य सम्बन्धित निकायहरु एक हुनु आवश्यक छ । देश र जनताको मुद्दामा तत्पर हुन जरुरी देखिन्छ ।
प्रतिक्रिया