+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय छानबिनमा दबाब दिन माइतीघरमा नेविसंघको प्रदर्शन (तस्वीरहरू)

सजिलोपाना संबाददाता
२०८१ जेष्ठ ६, आईतवार

काठमाडाैँ । ​सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घले प्रदर्शन गरेको छ।

दलहरूबीच समिति गठनलाई लिएर विवाद भइरहेको बेला नेविसङ्घले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। संसदीय समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम राख्ने नराख्ने भन्ने सहमति जुट्न नसक्दा संसदको बैठक बस्न सकेको छैन।

समिति गठनमा सहमति जुट्न नसकेको बेला नेविसङ्घले प्रदर्शन गरेको हो। यसअघि तरुण दल र महिला संघले समेत प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

उनीहरुले सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता रहेको दावीसहितका प्लेकार्ड र पोस्टर बोकेका थिए । ​

हेर्नुहोस् तस्वीरहरू

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता