+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली महिला जसले अस्ट्रेलियाको प्रदेशसभा निर्वाचनमा दिइन् आफ्नो उम्मेदवारी

सजिलोपाना
२०८१ जेष्ठ २०, आईतवार

काठमाडौं । नेपालबाट बाहिर जानेको लहर बढे सँगै पछिल्लो समय विदेशी भुमिमा गएर नेपालको नाम राख्न सफल थुप्रै नेपालीहरु छन् जस मध्ये अहिले अस्ट्रेलियाको क्यानबेरा राज्यमा हुन गइरहेको प्रान्तीय निर्वाचनमा पहिलो पटक नेपाली मूलुककी महिलाले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

उनी हुन स्नेहा केसी । उनले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी आफ्नो उम्मेदवारी दिएकी छन् ।

अगामी अक्टोबर १९ मा हुने निर्वाचनमा केसीले अस्ट्रेलिया क्यापिटल टेरोटोरीमा ‘इन्डिपेन्डेन्स फोर क्यानबेरा’ नामको नयाँ राजनीतिक दलबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

उक्त राज्यमा २३ वर्ष देखि लेबर पार्टीले सरकारको नेतृत्व गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा