+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति विकास बैंककाे संस्थापक शेयर बिक्रीमा

सजिलोपाना संवाददाता
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, शेयर संख्या भने खुलाइएको छैन ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता