काठमाडौं । के कुनै कम्पनीले तपाईंलाई सुते बापत पैसा दिन्छ ? सायद तपाईंले यस्ता कथाहरुमा मात्र सुन्नुभएको होला, किनकि यस्तो खालको जागिर वा अवसर वास्तविक रुपमा भने हुन मुस्किलै पर्दछ । तर, असम्भव भन्ने कहाँ हुन्छ र ? एउटा यस्तो कम्पनी छ जसले आफ्ना कर्मचारीहरुलाई सुत्नका लागि पैसा दिइरहेको छ ।
फिटनेस ट्रयाकरको दुनियाँमा Whoop कम्पनी निकै लोकप्रिय छ । यो कम्पनी केही समय पहिले आफ्ना हेल्थ ट्रयाकिङ ब्याण्डका कारण चर्चामा थियो ।
हालै कम्पनीका सीईओ विल अहमदले केही तथ्यहरुको खुलासा गरेका छन् । एउटा मिडियालाई दिएको अन्तरवार्तामा उनले आफ्नो कम्पनीले अनलक ह्युम पर्फर्मेन्सको उद्देश्यमा काम गरिरहेको जनाएका छन् ।
कम्पनीले आफ्ना कर्मचारीहरुलाई एउटा फिटनेस ब्याण्ड र सदस्यता नि:शुल्क रुपमा प्रदान गर्दछ । कर्मचारीहरुलाई स्वस्थ जीवन जिउनका लागि उत्साहित गर्ने गरिएको उनको भनाइ छ ।
कम्पनीले हरेक कर्मचारीहरुलाई एउटा अतिरिक्त फिटनेस ब्याण्ड पनि दिएको हुन्छ । जुन कर्मचारीले आफ्ना परिवाजन वा साथीलाई दिन सक्दछन् ।
सीईओ विल अहमदका अनुसार कम्पनीले हरेक महिना कर्मचारीहरुलाई बोनस प्रदान गर्दछ । त्यस क्रममा महिनाभरमा राम्रो सँग सुतेका अर्थात् औसत स्लिप पर्फमेन्स ८५ प्रतिशतभन्दा माथि भएका कर्मचारीलाई १०० डलर अतिरिक्त बोनस दिइन्छ।
यसका अलावा कम्पनीले पछिल्ला केही समयदेखि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा पनि काम गरिरहेको छ ।
प्रतिक्रिया