+
Search

ताजा अपडेट +

पपुलर +

ठमेल प्लाजा होटलको हकप्रद शेयर बिक्रीमा

सजिलोपाना संबाददाता
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ । ठमेल प्लाजा होटल एन्ड सुइट्सले हकप्रद शेयर खुला गरेको छ ।

कम्पनीले आज (जेठ २१ गते) बाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको जेठ १९ गतेको विशेष साधारणसभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले हुने रकमका लागि हकप्रद शेयर जारी गर्ने निर्णयबमोजिम कुल ७०.३० सम्मको सीमाभित्र हुने गरी संस्थापक शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको हो ।

यस हकप्रद शेयरमा आज (जेठ २१ गते) देखि असार २३ गतेसम्म संस्थापक शेयरधनीले आवेदन दिन पाउनेछन् ।

तोकिएको समयभित्र हाल कायम शेयरधनीले आवेदन नदिएको खण्डमा अन्य शेयरधनी, व्यक्ति तथा निकायलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता