+
Search

ताजा अपडेट +

पपुलर +

लायन्स क्लवको सहयोगमा निःशुल्क बाथरोग शिविर

सजिलोपाना संबाददाता
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ । लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा ललितपुर, टंगल टोल स्थित उर्जा बचतकै प्रांगणमा भएको निः शुल्क बाथरोग शिविरमा १४५ जनाको ESRCRP, Uric, acid र Sugar वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीद्वारा स्वास्थ्य जाँच र आवश्यक परामर्श साथै बाथरोग सेन्टरद्वारा औषधी वितरण निः शुल्क रगत परिक्षण गरिएको थियो ।

रगत परीक्षण गरिएकाहरुको शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औंषधी समेत वितरण गरिएको मंचकी अध्यक्ष राधा श्रेष्ठले बताए । उर्जा बचत तथा ऋण सहकारी संस्थाद्धारा सहयोगी संस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

पहिलो पटक आयोजना गरेको निः शुल्क बाथरोग शिविर निकैं सफल भएको र धेरै सदस्य तथा अन्य महानुभावहरुको सहभागी भएकोले आगामी दिनहरुमा समेत उर्जा बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरी शिविरहरु संचालन गरिने लायन्स क्लब डिष्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता