+
Search

ताजा अपडेट +

पपुलर +

फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन पाईने

सजिलोपाना संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौँ । फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरिएको छ । “१० बर्षको निःशुल्क इन्धन" नाम दिइएको अविश्वसनिय प्रमोशन अफरमा ग्राहकले १० वर्षसम्मको इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ ग्राहकहरू लक्षित '१० वर्षको निःशुल्क इन्धन' योजना सार्वजनिक गरेको हो।

फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्य नजरमा राखी यो अफर तयार गरेको जनाएको छ । जसअनुसार फोर्डको सवारी साधन खरिद गर्दा निःशुल्क १० बर्षसम्म इन्धन खर्च पाइने जसले गर्दा ग्राहकलाई इन्धन खर्च सम्बन्धि कुनै चिन्ता नरहने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले फोर्डको रेन्जर र एभरेष्ट खरिद गर्दा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूको ड्राइभिङ अनुभवलाई पुनःपरिभाषित गर्न यो अफर सार्वजनिक गरिएको हो।

सो योजना बमोजिम फोर्डको गाडी खरिद गर्ने नयाँ ग्राहकहरूलाई कम्पनीले १० वर्षको लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएको छ। यो योजनालाई कम्पनीले 'अप्रत्यासित अफर' समेत बताएको छ। योजनामा केही सर्तहरू भने लागू हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता