+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा फसे १३ खच्चड

सजिलोपाना
२०८१ जेष्ठ २७, आईतवार

सुर्खेत । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चडहरु फसेका छन् ।

अछामबाट आइतबार दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा खच्चडहरू फसेका हुन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिएका सहायक हल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ ।

‘एकातर्फका लट्ठा चुटेर पुल अर्कोतिर फर्किएको छ, खच्चडका खुट्टा जालीमा पसरे अड्किएका छन् । कठायतका अनुसार १३ मध्ये नजिकै भएको एउटा खच्चडको उद्धार भएको छ भने अहिले १२ वटा खच्चर अड्किएको छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा