काठमाडौं । सीजी फुड्सले अन्डर-१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रू. ६० लाख सहयोगको घोषणा गरेको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम मार्फत कम्पनीले सहयोग घोषणा गरेको हो । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको सीजीले 'वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा ल्याएको छ ।
वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप सहयोग उपलब्ध गराएको बताएको छ।
सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको बताएको छ । टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीको विश्वास छ।
यसका साथै वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा उत्साह ल्याउने कम्पनीको अपेक्षा छ।
यस अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाड वाइले महिल अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३८ लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ ।
चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीइओ प्रदिप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।नेपाली राष्ट्रिय टिम दोस्रोपटक आइसीसी टी-२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपालले नेपाली राष्ट्रिय टिमलाई बधाई एवं शुभकामना पनि दिएको छ ।
विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहने जनाएको छ ।
यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८मा पुग्न सफल भएमा रू. ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।
प्रतिक्रिया