एउटा लामो समयको झरिपछि, मैले चिनिरहेको एक त्रिभुवन विश्वविद्यालयका एक प्रोफेसरसंग एक्कासी पुतलीसडकमा भेट भयो ।
सर सानैदेखि देशमै बस्छु, देशमै पढाउँछु, देशमै केही गर्छु भन्दै हिड्ने आज मैले GRE क्लासबाट फर्किदै गरेको भेटे। म अचम्म परे र मैले सोधे "सर तपाई त यतैतिर बस्ने विदेश नजाने भन्नु हुन्थ्यो तर आज ?" सर हाँस्दै भन्नुभयो " भनेको जस्तै र सोचेको जस्तो नहुने रहेछ बाबु "। रहर अझैं पनि छ देशमै बसु, देशकै सहयोग गरु तर बाध्यता र देशको महंगीले गर्दा देशमा मेरो भविष्य देख्न सकिन्न , भन्दै अमिलो हुनुभयो ।
सर भाबुक हुँदै अझ अर्को एउटा के कुरा भन्नु भयो भने हेर बाबु , नेपालको सन्दर्भमा नियालेर हेर्दा सब भन्दा ठूलो उच्च तह 'प्रोफेसर' को मासिक तलब रु ५४,८४८ रहेको छ। एउटा काठमाडौं जस्ता सहरमा एक परिवारलाई पालन र २ बच्चालाई पढाउन कमसेकम रु ६0,000 लाग्दोरहेछ । मैले केही बेर पछि केही कोशिश गरेको भए हुन्थ्यो कि देशमै अरु केही त विकल्प होईन होला र ?
सर भन्नुहुन्छ," कोशिश गरेर के काम जहाँ यस्तो पढाइको मूल्य नबुझेपछि। म भन्दा ठूला दाई, दिदीहरूले हेर्दा हेर्दै MSC गरेपछि यो देशमा सफल,सुरक्षित नभएर आज अमेरिकामा रहेको NASA जस्तामा काम गरेर साथसाथै उच्च शिक्षा PHD गर्दै महिनाको लगभग ने रु. ४ लाख आफ्नो परिवारको लागि पठाउँदैछन् । म त केही बोल्न सकेन तर मनमा धेरै प्रश्नहरू उब्जिए"।
के मेरो पनि भविष्य त्रिभुवन विश्वविद्यालय भित्रिने सपना त्यागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रिने मात्र विकल्प हो र ? यो देशमा केहि गर्न सकिन ? यति केही गर्न प्रयास गरियो भने म पनि असफल हुन्छु र ? मेरो पनि समय र धनको नाश मात्रै हुने हो ? के साच्चै अरु देशले अन्तरिक्षमा यान पठाउँछ भन्ने कुरा १००% साँचो हो ? तसर्थ पनि हाम्रो देशको सरकार र शिक्षा प्रणाली के गर्दै होलान् !......
प्रतिक्रिया