+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले दियो असार ३ गते सार्वजनिक बिदा

सजिलोपाना संबाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौं । असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् ।

त्यस दिन बक्र इद हो, त्यस अवसरमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र इदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता