काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन्। उनले जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए।
उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताए।
उनले भने,‘जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने। त्यहाँ दुहुनो गाईजस्तै भएको छ कि, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने। यस्तो नगरौँ।’
प्रतिक्रिया