+
Search

ताजा अपडेट +

पपुलर +

जनताको दुखको साथी सलिको….

सजिलोपाना संबाददाता
२०८१ असार २, आईतवार

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा चीरपरिचित तथा विश्वासिलो नाम सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि. व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको देखिन्छ ।

कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको र २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउंपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामाग्रिहरु वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले जानकारी दिएका छन्।

साथै वहांले राहत वितरण कार्यक्रम मिति २०८१।०३।१ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा राखिएको जानकारी समेत गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता