+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक शेयर बिक्रीमा (भिडियो)

सजिलोपाना संवाददाता
२०८१ असार ७, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता