+
Search

ताजा अपडेट +

पपुलर +

मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ शुरु

सजिलोपाना
२०८१ असार २१, शुक्रबार

काठमाडौँ । नयाँ बानेश्वर थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि तीनदिने नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ शुरु भएको छ।

महोत्सवको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, रंगकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

आजदेखि ३ दिनसम्म चल्ने यो महोत्सव मण्डला थिएटरका पूर्वविद्यार्थीहरू र थिएटरको संयुक्त आयोजनामा गरिएको हो।

महोत्सवमा विभिन्न ६ वटा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटकजस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछन्।

महोत्सवमा संयोग गुरागाईंको निर्देशनमा ‘रेल्वे टु नोह्वेर,’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा