+
Search

ताजा अपडेट +

पपुलर +

रेस्लर जोन सिनाले डब्लूडब्लूई बाट गरे संन्यासको घोषणा

सजिलोपाना
२०८१ असार २३, आईतवार

अमेरिकी अभिनेता तथा रेस्लरजोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु यस्तो घोषणा गरेका हुन् ।

सिनाले सन् २०२५ मा आफूले अन्तिम प्रतियोगितामा भाग लिने जानकारी दिए । ४७ वर्षीय रेस्लर सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएका थिए ।  उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । उनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेका छन् ।

सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया उनको अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेका छन् । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेका छन् । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेका थिए । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा काम गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा