+
Search

ताजा अपडेट +

पपुलर +

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री

सजिलोपाना
२०८१ असार २३, आईतवार

काठमाडौँ । हाम्रो देश नेपालमा कस्को कुर्सी कुन, कसले कति भाग पाउने भन्ने विषयलाई लिएर राजनीतिक किचलो मच्चिरहेका बेला अन्तराष्ट्रिय स्तरमा भने साइकल चडेर निवर्तमान प्रधानमन्त्री बिदा भएको खबर सुन्नमा आउँछ ।

नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री मार्क रुटले हेगस्थित प्रधानमन्त्री कार्यालयबाट साइकल चढेर बिदा भएको विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।

१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम९अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

भिडियोमा रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हात हल्लाउँदै बिदाई गरेका छन् ।

करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटेले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् । उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा