+
Search

ताजा अपडेट +

पपुलर +

बाढीका कारण कञ्चनपुरका झन्डै २ हजार मानिस प्रभावित, एक शिशुको मृत्यु

सजिलोपाना संबाददाता
२०८१ असार २४, सोमबार

कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ ।

अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजार ६२२ विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

उनका अनुसार डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए ।

त्यस्तै कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु बेडबाट भुईँमा खसेको बताए ।

उक्त शिशु भुईँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता