+
Search

ताजा अपडेट +

पपुलर +

एमाले सचिवालय बैठक बस्दै

सजिलोपाना संबाददाता
२०८१ असार २५, मंगलवार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ ।

यसैबीच यही असार आठ गते अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता