+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले मुकुल ढकाललाई गर्यो केन्द्रीय सदस्यबाट समेत किकआउट

सजिलोपाना संबाददाता
२०८१ असार २५, मंगलवार

काठमाडौं । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।

‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको छ,’ उनले भने।

कारबाही चित्त नबुझेमा ढकालले ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्नेछन्।

पार्टी केन्द्रीय समिति बैठकले महामन्त्रीलगायत पदबाट पदमुक्त गरेको सार्वजनिक हुनेबित्तिकै ढकालले रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन भन्ने प्रतिक्रिया दिएका छन्।

ढकालले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीले कारबाही गरेको दाबीसमेत गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता