+
Search

ताजा अपडेट +

पपुलर +

अध्यक्ष ओलीको दात फुस्किएपछि सर्यो सचिवालय बैठक

सजिलोपाना संबाददाता
२०८१ असार २५, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

‘अध्यक्षज्यूलाई दाँतले दु:ख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ’, ओलीको सचिवालयले भन्यो, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’

उनी अहिले निवासमै आरामरत रहेको बताइएको छ ।

देशमा राजनीतिक किचलो मच्चिरहेकै बेला भए पनि विभिन्न कार्यक्रम तथा समारोहमा भने हाँसो मजाक गर्न पछि हट्दैन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता