+
Search

ताजा अपडेट +

पपुलर +

महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई दियो निरन्तरता

सजिलोपाना संवाददाता
२०८१ असार २६, बुधबार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकजस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

यो कामबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइँमा पुर्‍याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि महालक्ष्मी बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच  अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रूपमा प्रदान गर्न बैंकले आफ्ना संस्थागत ग्राहकसँग आवश्यक सहकार्यसमेत गर्नेछ ।

डिजिटल भुक्तानीका माध्यमहरूको नविनतम प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकका  रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

विगत ३० वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता