+
Search

ताजा अपडेट +

पपुलर +

ललितपुरको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

सजिलोपाना संवाददाता
२०८१ असार २६, बुधबार

काठमाडौं । ललितपुरको पाटन अस्पताल अगाडि सञ्चालनमा रहेको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जन पक्राउ परेका छन् ।

औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा उक्त फार्मेसीले बिलबिना नै औषधि खरिद गरेको पाइएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अनुगमन टोलीले फार्मेसीबाट बिल नभएका २३० थान औषधिसमेत बरामद गरेको छ ।

परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार महर्जनलाई विभागको अनुरोधमा प्रहरी हिरासतमा राखिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता