+
Search

ताजा अपडेट +

पपुलर +

विदेश पढ्न जाने विद्यार्थीले नेपालबाट लगे १ खर्ब १७ अर्ब

सजिलोपाना
२०८१ असार २६, बुधबार
काठमाडौं ।चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (शोधनान्तर) स्थिति ४ खर्ब २५ अर्ब बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा रेमिटेन्स आयातसँगै आयात घट्न पुग्दा मुलुकको शोधनान्तरमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जानेले १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांकले सो विवरण देखाएको हो । सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका थिए । त्यस्तै चालु आवको ११ महिनामा नेपालीहरूले विदेश घुम्ने क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा