+
Search

ताजा अपडेट +

पपुलर +

अपर हेवाखोला हाईड्रोपावरको १२औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई कति दियो लाभांश ?

सजिलोपाना
२०८१ असार २६, बुधबार

काठमाडौं। अपर हेवाखोला हाईड्रोपावर कम्पनीको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको सभाबाट स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदित भएका छन् ।

सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामीछानेलाई चयन गरेको छ ।

कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।

त्यस्तै , समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

यस अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखी व्यावसायिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा