+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकल चोरीमा संलग्न तीनजना ट्राफिक प्रहरीको नियन्त्रणमा

सजिलोपाना
२०८१ असार २६, बुधबार

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा आरोपमा ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले बुधबार मकवानपुरको वाग्मती गाउँपालिका–४ स्थित झुरझुरेका २७ वर्षीय आशाराम थिङ, सल्यानको सारदा नगरपालिका–५ का १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौंको बालाजुका आशिष गहतराजलाई नियन्त्रणमा लिएको हो

वास्तविक नम्बर परिवर्तन गरी वाग्मती प्रदेश ०२–०४८ प ५३५३ नम्बर राखेर चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकलसहित आज काठमाडौंको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो ।

समन बास्ताकोटीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वास्तबिक नम्बर वाग्मती प्रदेश ०२–०२७ प ८२८२ नम्बरको केटीएम ड्युक मोटरसाइकल बौद्धबाट हराएकाले खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यस्तै, वाग्मती प्रदेश ०२–०४५ प ८३२० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकलसहित आज नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ठकुरीलाई सोधपुझ गर्दा उक्त मोटरसाइकल आशिष गहतराजमार्फत झापाका सन्तोष लिम्बुसँग किनेको बताएका थिए । त्यसपछि गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

निश्चल श्रेष्ठले वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०४२ प ४९७७ नम्बरको केटीएम ड्युक मोटरसाइकल काठमाडौंको कलंकीस्थित खसिबजारबाट हराएको उजुरी दिएका थिए ।

नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज तथा ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ । सन्तोष लिम्बुको खोजी भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा